
महेन्द्रनगर (धनुषा) : मधेश प्रदेश सभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले शनिबार उम्मेदवारी दर्ता गराएका छन् ।
उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।
यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । –रासस