२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मधेश प्रदेश सभाको सभामुखमा जसपाका यादव निर्वाचित

Nada
२०८२ पुष ६ गते १६:२४
Shares
मधेश प्रदेश सभाको सभामुखमा जसपाका यादव निर्वाचित

काठमाडौं : मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । 

ncell

आइतबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा सातदलीय गठबन्धनका उम्मेदवार यादवले ७२ मत प्राप्त गरे भने विपक्षमा २४ मत परेको थियो । 

बैठकमा ९६ सांसद उपस्थित भएका थिए । उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी थिइन् । 

नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंहले यादवको प्रस्ताव गरेका थिए । एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव भने अघि बढाइएन । 

धनुषा क्षेत्र नं. २ (ख) बाट निर्वाचित यादव दोस्रो कार्यकालका सांसद तथा जसपा नेपालका प्रमुख सचेतक हुन् ।

ताजा खबर

सम्बन्धित खबर