२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मधेश प्रदेश सभाको बैठक जारी, सभामुख चयनका लागि निर्वाचन हुँदै

Nada
२०८२ पुष ६ गते १५:०८
Shares
मधेश प्रदेश सभाको बैठक जारी, सभामुख चयनका लागि निर्वाचन हुँदै

काठमाडौं : मधेश प्रदेश सभाको बैठक सुरु भएको छ । आइतबार दिउँसो २ बजेदेखि बैठक सुरु भएको मधेश प्रदेशको सचिवालयले जनाएको छ । 

ncell

प्रदेश सभामुख चयन प्रयोजनका लागि बैठक बसेको सचिवालयल बताएको छ । सभामुखका लागि नेकपा (एमाले)बाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामआशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

यादवलाई सात दलीय सत्तारूढ गठबन्धनको साथ छ । उनको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र)का फकिरा महतो समर्थक छन् ।

त्रिलोकीको समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छन् ।

ताजा खबर

सम्बन्धित खबर