२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कोशी प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री कार्की

Nada
२०८२ पुष १७ गते १७:५४
Shares
कोशी प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री कार्की

मोरङ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए ।

ncell

नेकपा (एमाले) का नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा एमालेको ११औं महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिएका थिए । 

त्यसैगरी यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई २१ हजारसहित सम्मानित गरिएको छ । चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिए ।

ताजा खबर

सम्बन्धित खबर