२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्री ओलीसहितका नेताहरुको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १३:१८
प्रधानमन्त्री ओलीसहितका नेताहरुको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ

काठमाडौं : आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ । 

ADVADV

सम्बन्धित खबर

Advertise