२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

स्कुल बस दुर्घटनामा ११ जना घाइते

ADV
मध्यान्ह
२०८१ साउन २३ गते २१:४२
स्कुल बस दुर्घटनामा ११ जना घाइते

सुर्खेत : सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलाको नेवारेबाट बजारतर्फ आउँदै गरेको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

वीरेन्द्रनगरस्थित डिभी निकेतन स्कुलको बस विद्यार्थी पुर्‍याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस खोला तर्ने क्रममा दुर्घटनामा परेको हो । घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको छ ।

उक्त बस वीरेन्द्रनगर ७ बस्ने ३७ वर्षीय पदम बहादुर वि.कले चलाएका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise