२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जबरजस्ती करणीसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : कानूनमन्त्री चौरसिया

ADV
मध्यान्ह
२०८१ साउन २५ गते १५:१५
जबरजस्ती करणीसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बलात्कारको श्रेणी छुट्याएर कानून सुधार्नुपर्ने बताएका छन् । 

कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानून संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले सो कुरा बताएका हुन् ।

मन्त्री चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने प्रतिबद्धता पनि जनाए ।

समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बालसुधार गृह र कारागारमा बढी रहेको बताएका थिए । प्रचलित ऐनका कतिपय प्रावधानका कारण समेत यस्तो हुन गएको उनीहरुको भनाइ थियो ।

जवाफमा कानूनमन्त्री चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री चौरसियाले जबरजस्ती करणीको मुद्दाको वर्गीकरण गर्नुपर्ने भन्दै समान उमेरका बालबालिकाबीचमा सहमतिमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्नुपर्ने बताए । 

त्यस्तै प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने गरेको भन्दै कानूनहरुमा आवश्यक सुधार गर्न आफू तयार रहेको बताए ।

त्यस्तै उनले बाल सुधार गृहमा रहेकाहरू मुद्दा चल्दा नाबालक हुने, तर वयस्क हुँदा पनि सुधार गृहमै राख्नुपर्ने कानून सुधार्नुपर्ने अवस्था रहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise