२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

कथावाचिका देवी प्रतिभा देवघाट महायज्ञका लागि नेपाल आउने

ADV
मध्यान्ह
२०८१ पुष १८ गते १७:५५
कथावाचिका देवी प्रतिभा देवघाट महायज्ञका लागि नेपाल आउने

काठमाडौंः चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरी नेपाल आउने भएकी छिन् । ‘प्यार से बोलो ना’ थेगोले चर्चा कमाएकी देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया प्रतिभा यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् । मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महा महोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

मकर स्नान माघ महामहोत्सवका अवसरमा आश्रम र दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ । माघ महिनाभर चल्ने महोत्सवका अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ । निर्माणाधिन आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका  १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु निर्माणको तयारीमा छन् ।,

६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ ।  जहाँ देश विदेशबाट साधुसन्त तथा भक्तजनहरुको ठूलो संख्यामा उपस्थिति रहने आयोजकले जनाएको छ । माघ महिनाभर चल्ने यस दिव्यधाम शिलान्यास, ऐतिहासिक मकरस्नान माघे मेलालाई सफल पार्न आयोजकले सम्पूर्ण देशवासीहरुमा अपिल गरेको छ । सडकमा अलपत्र परेका बाबु आमालाई सहारा दिँदै आएको मातापिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो । उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ ।

कार्यक्रमको व्यबस्थापक भने आचार्य श्रीधर बस्याल रहेका छन् । परिवारविहीन हुँदै सडकमा अलपत्र पर्ने तथा अविभिावकविहीनहरुको घाउमा मल्हम लगाउने उद्देश्यले महामहोत्सको परिकल्पना गरिएको हो । ठूलो क्षेत्रफलमा फैलिएको उक्त आश्रमको निर्माणको काम आर्थिक अभावले अलपत्र पर्ने डर रहेकाले संकल्पकर्ता इश्वरकृष्ण महाराजजीले हिम्मत गरेर माघ महिनाभरी नै कथावचानदेखि विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise