राजन तिमिल्सिना
रुस–युक्रेन युद्ध २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा सैन्य आक्रमण गरेपछि सुरु भएको थियो । तर, यसको जरा सन् २०१४ मा क्रिमियाको रुसी कब्जा र डोनबास क्षेत्रमा पृथक्तावादी विद्रोहबाटै गाडिएको थियो । यो युद्ध केवल २ देशबीचको द्वन्द्व नभएर वैश्विक शक्ति संघर्षको प्रतिनिधि घटनाका रूपमा उभिएको छ ।
रुस आफ्नो सुरक्षा स्वार्थ र प्रभाव क्षेत्र जोगाउन लडिरहेको छ । अमेरिका र पश्चिमी देशहरू युक्रेनलाई समर्थन गरेर रुसलाई कमजोर पार्न खोज्दै छन् । चीन, भारत, मध्यपूर्व र अफ्रिकी राष्ट्रहरू वैकल्पिक शक्ति केन्द्रका रूपमा उदाउँदै छन् ।
यस युद्धले नाटोको विस्तार, रुस–चीन निकटता, आर्थिक शक्ति सन्तुलन, सैन्य प्रविधि विकास र नयाँ कूटनीतिक गठबन्धनहरू सिर्जना गरेको छ । यसले विश्व व्यवस्थामा महत्त्वपूर्ण फेरबदल ल्याउँदै छ, जसको असर दीर्घकालसम्म रहने छ ।
अमेरिका, रुस र युक्रेनको स्वार्थको टक्करले हाल विश्वभर नै गहिरो बहस सिर्जना गरेको छ । यस बहसलाई ३ मुख्य पक्षबाट हेर्न सकिन्छ ।
भूराजनीतिक प्रभाव : रुसले आफूलाई पूर्वसत्तारूढ सोभियत संघको उत्तराधिकारी मानेर आफ्नो प्रभाव क्षेत्र कायम गर्न खोजेको छ । युक्रेनलाई पश्चिमी गठबन्धन ९नाटो वा इयू०मा सामेल हुनबाट रोक्ने रुसी रणनीति अमेरिकासँगको प्रत्यक्ष टकरावको कारण बन्यो ।अमेरिकाले युक्रेनलाई स्वतन्त्र मुलुकको रूपमा नाटो सदस्यता खोज्न सक्ने अधिकार भएको तर्क गर्छ तर रुसले यो आफ्नो सुरक्षामा खतरा हुने दाबी गर्छ ।
सैन्य रणनीति : रुसले सन् २०१४ मा क्रिमिया नियन्त्रण गरेपछि युक्रेनसँगको द्वन्द्व चर्कियो । सन् २०२२ मा रुसले पूर्ण आक्रमण सुरु गरेपछि अमेरिका र पश्चिमी देशहरूले युक्रेनलाई सैन्य सहायता दिन थाले । यसले रुसी आक्रमणलाई रोक्न केही मदत गरे पनि द्वन्द्व अझ लम्बिँदै गएको छ ।
अमेरिकी स्वार्थ युक्रेनलाई दीर्घकालसम्म बलियो बनाउने देखिन्छ तर रुसी स्वार्थ आफ्नो सुरक्षा र प्रभाव क्षेत्र जोगाउनेमा केन्द्रित छ ।
आर्थिक असर : यस युद्धका कारण पश्चिमी प्रतिबन्धहरूले रुसलाई प्रभावित गरेका छन् तर रुसले ऊर्जा निर्यातका कारण अर्थतन्त्र जोगाइरहेको छ । अर्कातर्फ, युक्रेनले ठूलो आर्थिक क्षति बेहोरेको छ र अमेरिकाले सैन्य तथा आर्थिक सहयोगमार्फत युक्रेनलाई जोगाइरहने नीति धरापमा परेको छ ।
अमेरिका, रुस र युक्रेनबीचको सैन्य र प्रविधिगत अवस्था निकै असमान छ ।
युक्रेन तुलनात्मक रूपमा कमजोर भए पनि पश्चिमी सैन्य सहयोगका कारण प्रभावकारी रूपमा प्रतिरोध गरिरहेको छ । यो त्रिपक्षीय सैन्य प्रतिस्पर्धाले भविष्यमा युद्धको स्वरूपलाई नयाँ चरणमा लैजाने सम्भावना छ, विशेषगरी हाइपरसोनिक मिसाइल, ड्रोन युद्ध र साइबर युद्धका क्षेत्रमा फरक चित्र देखिने छ ।
अमेरिका, रुस र युक्रेनबीचको भू–राजनीतिक टकरावलाई समर्थन गर्ने विभिन्न देशहरू र सैन्य तथा आर्थिक संगठनहरू छन् । यी समर्थनकर्ता देशहरू र संगठनहरूको दृष्टिकोण उनीहरूको रणनीतिक, आर्थिक तथा सुरक्षा स्वार्थमा निर्भर गर्छ ।
अमेरिका, रुस र युक्रेनबीचको द्वन्द्वले वैश्विक भू–राजनीतिमा ठूलो फेरबदल ल्याएको छ । यसले सैन्य गठबन्धनहरू, आर्थिक शक्ति सन्तुलन, क्षेत्रीय सुरक्षा रणनीति र नयाँ गठजोड निर्माण गरेको छ । नाटोको विस्तार र युरोपको सुरक्षा रणनीति परिवर्तन गरेको छ ।
फिनल्यान्ड ९२०२३० र स्विडेन ९२०२४० नाटोमा सामेल भए, जसले रुसको सुरक्षा चासोलाई अझै बढायो । युरोपेली देशहरूमध्ये जर्मनी, पोल्यान्ड, फ्रान्स र ब्रिटेनले रक्षा बजेट बढाएका छन् । अमेरिकाले युरोपमा बाल्टिक राष्ट्रहरू, पोल्यान्ड र रोमानियामा थप सैन्य सामग्री र बजेट थपेको छ । युक्रेनलाई नाटोको निकट साझेदार बनाइयो तर पूर्ण सदस्यता तत्काल सम्भव छैन ।
युक्रेन युद्धपछि रुस, चीन र उत्तर कोरियाबीचको रणनीतिक साझेदारी थप सुदृढ हुँदै गएको छ । पश्चिमी प्रतिबन्ध, नाटो विस्तार र अमेरिका–युरोपको सैन्य सहयोगले यी ३ देशलाई वैश्विक शक्ति सन्तुलन पुनस्र्थापना गर्ने साझा उद्देश्यमा नजिक ल्याएका देखिन्छ ।
रुस र चीनको साझेदारी युक्रेन युद्धअघि नै मजबुत थियो तर युद्धपछि थप विस्तार भएको छ । दुवै देशले अमेरिका नेतृत्वको एक ध्रुवीय विश्व व्यवस्थालाई चुनौती दिन चाहन्छन् । पश्चिमी प्रतिबन्धपछि चीन रुसको प्रमुख व्यापारिक साझेदार बन्यो । रुसले ग्यास र तेल चीनलाई बढी परिमाणमा विक्री गरिरहेको छ । साथै, २ देशबीच अमेरिकालाई टक्कर दिनेगरी संयुक्त अभ्यास पनि भइरहेका छन् ।
सैन्य सहयोगको नयाँ मोड दिएको छ । युक्रेन युद्धपछि रुस–उत्तर कोरिया सम्बन्ध ऐतिहासिक रूपमा नजिकिएको छ । उत्तर कोरियाले रुसलाई तोपगोलाहरू र मिसाइलहरू आपूर्ति गरिरहेको छ । रुसले उत्तर कोरियालाई उन्नत सैन्य प्रविधि दिने सम्भावना छ ।
रुसले उत्तर कोरियालाई ऊर्जा, खाद्य सहायता र प्रविधिगत सहयोग दिन थालेको छ । सन् २०२३ मा उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरी सैन्य तथा रणनीतिक सहयोगलाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।
चीन–उत्तर कोरिया सम्बन्धमा सतर्कता र सन्तुलन रहेको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार हो तर युक्रेन युद्ध सन्दर्भमा चीन उत्तर कोरियालाई सतर्क रूपमा समर्थन गरिरहेको छ । चीनले खुल्ला रूपमा उत्तर कोरियालाई सैन्य सहायता गर्न चाहँदैन किनकि यसले अमेरिकासँगको व्यापार प्रभावित पार्न सक्छ । तर, चीनले उत्तर कोरियालाई आर्थिक र कूटनीतिक समर्थन दिइरहेको छ ।
रुस, चीन र उत्तर कोरियाले पश्चिमी देशहरूको सैन्य दबाबलाई तोड्न सामूहिक रणनीति अपनाएका छन् । रुस–युक्रेन युद्धमा पश्चिमी हस्तक्षेपको प्रतिरोध गर्दै छ । चीन, ताइवान, दक्षिण चीन सागर र व्यापार युद्धमा अमेरिकालाई चुनौती दिँदै छ । उत्तर कोरिया लगातार मिसाइल परीक्षण गर्दै अमेरिका–जापान–दक्षिण कोरिया गठबन्धनलाई धम्की दिँइरहेको छ ।
युक्रेन युद्धले रुस–चीन–उत्तर कोरिया साझेदारीलाई बलियो बनाएको छ । रुसले पश्चिमी प्रतिबन्धको सामना गर्न चीन र उत्तर कोरियासँग सैन्य तथा आर्थिक सहकार्य बढाएको छ । चीनले रुसलाई आर्थिक समर्थन दिँदै अमेरिकाविरोधी मोर्चालाई बलियो बनाइरहेको छ ।
उत्तर कोरियाले रुसलाई युद्ध सामग्री आपूर्ति गर्दै सैन्य प्रविधि प्राप्त गर्ने अवसर खोजिरहेको छ । यो साझेदारी पश्चिमी सैन्य गठबन्धन नाटो क्वाडलगायतको सामना गर्न ‘वैकल्पिक शक्ति ध्रुव’को रूपमा विकसित हुन सक्छ ।
अमेरिकी प्रभाव बलियो भए पनि चुनौतीहरू बढ्दै गएका छन् । अमेरिकाले युक्रेनलाई ठूलो सैन्य र आर्थिक सहायता दियो ९१०० अर्ब डलरभन्दा बढी० । युरोपेली देशहरूलाई रुसबाट ऊर्जा परनिर्भरताबाट छुटकारा पाउन मदत गर्यो ।
तर, अमेरिकामा नै युक्रेन युद्धप्रति असन्तुष्टि बढ्दै छ ९रिपब्लिकन नेताहरूले समर्थन घटाउने सम्भावना० । मध्यपूर्व, दक्षिण चीन सागर र अन्य क्षेत्रमा अमेरिकी ध्यान बाँडिँदै छ । ‘ग्लोबल साउथ’को भूमिका महत्त्वपूर्ण हुँदै भारत, ब्राजिल, दक्षिण अफ्रिका जस्ता देशहरू रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा खुलेर समर्थन गर्दैनन् । ब्रिक्स ९ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका०को प्रभाव बढ्दै छ । साउदी अरेबिया, इरान, टर्की जस्ता देशहरू आफ्नो स्वतन्त्र कूटनीतिक नीति अवलम्बन गर्दै छन् ।
यसबीचमा ड्रोन युद्ध, साइबर युद्ध, हाइपरसोनिक मिसाइल विकास तीव्र भयो । युक्रेनले ड्रोन, हिमार्स, हाइपरसोनिक मिसाइलहरू प्रभावकारी रूपमा प्रयोग गर्यो । अमेरिका, रुस, चीनबीच हाइपरसोनिक हतियार प्रतिस्पर्धा बढ्दै छ । साइबर युद्धमा रुसी र पश्चिमी हैकरहरू लगातार भिड्दै छन् । रुस पश्चिमबाट झनै अलग हुँदै छ र चीनतर्फ झुक्दै छ । अमेरिका र युरोपको सैन्य गठबन्धन अझै बलियो भएको छ ।
‘ग्लोबल साउथ’ देशहरू तटस्थ रहन खोज्दै छन् तर नयाँ शक्ति केन्द्र बन्दै छन् । सैन्य प्रविधि विकासले भविष्यको युद्ध रणनीति बदल्दै छ । यो भू–राजनीतिक परिवर्तनले आगामी दशकहरूमा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण गर्ने छ ।
इजरायल र प्यालेस्टिनी समूहहरूबीचको द्वन्द्व पनि लामो समयदेखि जारी छ, जसले मध्यपूर्वको स्थायित्वमा गम्भीर प्रभाव पारेको छ । सन् २०२३ मा हमासले इजरायलमाथि अप्रत्याशित आक्रमण गरी १ हजार २०० भन्दा बढी इजरायलीको ज्यान लिएको थियो । यसको प्रत्युत्तरमा इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुूरु गर्यो, जसमा हजारौं प्यालेस्टिनीको मृत्यु भयो ।
यस द्वन्द्वको बीचमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण सुरु गर्यो । हिजबुल्लाहले इजरायली सैन्य क्षेत्रहरूलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेट प्रहार गरेको थियो ।
इजरायली सेनाले यी आक्रमणको प्रत्युत्तरमा दक्षिणी लेबनानमा हिजबुल्लाहको बलियो उपस्थिति रहेका क्षेत्रमा आक्रमण गर्यो । यो द्वन्द्वले मध्यपूर्वमा थप अस्थिरता निम्त्याएको छ, जसको प्रभाव क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा परिरहेको छ ।
इजरायल र हमासबीचको पछिल्लो द्वन्द्वले मध्यपूर्वमा तनावको नयाँ चरण निम्त्याएको छ । यस द्वन्द्वको फैलावट र यसमा अमेरिकाको भूमिकालाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ ।
सन् २०२३ मा हमासले इजरायलमाथि अप्रत्याशित आक्रमण गरी १ हजार २०० भन्दा बढी इजरायलीको ज्यान लिएको थियो । यसले इजरायललाई कडा प्रतिकार गर्न प्रेरित गर्यो । इजरायलले गाजा क्षेत्रमा व्यापक सैन्य कारबाही सुरु गर्यो, जसमा हजारौं प्यालेस्टिनीको मृत्यु भयो । यसले मानवीय संकटलाई थप गहिरो बनायो ।
द्वन्द्वले लेबनानको हिजबुल्लाह समूहलाई पनि सक्रिय बनायो । हिजबुल्लाहले इजरायलमाथि आक्रमण सुरु गर्यो, जसले द्वन्द्वलाई थप जटिल बनायो । अमेरिका र इजरायलबीचको लामो समयदेखिको रणनीतिक साझेदारीले यस द्वन्द्वमा पनि निरन्तरता पाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा र इरानसम्बन्धी विषयमा साझा मोर्चाको घोषणा गरेका छन् ।
अमेरिका र इजरायलले इरानलाई क्षेत्रीय अस्थिरताको मुख्य स्रोत मान्दै आएका छन् । इरानको परमाणु कार्यक्रम र उसको सैन्य क्षमताप्रति दुवै देश चिन्तित छन् । इजरायलले इरानको मिसाइल क्षमतालाई गम्भीर खतरा मानेको छ, जसमा ‘सेजिल’ जस्ता २ हजा ५०० किलोमिटरम्म मार गर्न सक्ने मिसाइलहरू समावेश छन् ।
अमेरिकाले इजरायललाई निरन्तर समर्थन गर्नुका पछाडि ऐतिहासिक, रणनीतिक र राजनीतिक कारणहरू छन् । दोस्रो, विश्वयुद्धपछि इजरायलको स्थापनादेखि नै अमेरिका उसको कट्टर समर्थक रहँदै आएको छ । यस समर्थनमा मध्यपूर्वमा अमेरिकी प्रभाव कायम राख्ने रणनीति, इजरायली लबीको प्रभाव र अमेरिकी जनमतमा इजरायलप्रतिको सहानुभूति जस्ता तत्त्वहरू समावेश छन् ।
समग्रमा, इजरायल र हमासबीचको पछिल्लो द्वन्द्वले मध्यपूर्वमा थप अस्थिरता निम्त्याएको छ, जसमा अमेरिकाको सक्रिय भूमिका छ । अमेरिकाले इजरायललाई सैन्य, कूटनीतिक र आर्थिक समर्थन प्रदान गर्दै आएको छ, जसले क्षेत्रीय शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पारिरहेको छ ।
डोनाल्ड ट्रम्प नेतृत्वका पछिल्ला रणनीतिहरूले रुस, चीन र उत्तर कोरियाको साझेदारीमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । उनको दोस्रो कार्यकालमा ट्रम्पले विदेशी सामानहरूमा कडा ट्यारिफ लगाउने योजना अघि सारेका छन्, जसले विशेषगरी चीनलाई लक्षित गरेको छ । यस कदमले चीनको आर्थिक वृद्धिमा अवरोध पुर्याउन सक्छ, जसले रुस र उत्तर कोरियासँगको उसको रणनीतिक साझेदारीलाई पनि प्रभावित गर्न सक्छ ।
यस अतिरिक्त ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सुरु गरेको इन्डो–प्यासिफिक रणनीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ, जसको उद्देश्य दक्षिण एसियाली देशहरूमा चीनको प्रभाव कम गर्नु हो । यो रणनीतिले चीनलाई थप दबाबमा राख्न सक्छ, जसले रुस र उत्तर कोरियासँगको उसको सम्बन्धमा तनाव बढाउन सक्छ ।
समग्रमा, ट्रम्पका पछिल्ला रणनीतिहरूले रुस, चीन र उत्तर कोरियाको साझेदारीमा आर्थिक र रणनीतिक चुनौतीहरू सिर्जना गर्न सक्छन्, जसले विश्वव्यापी शक्ति सन्तुलनमा नयाँ परिवर्तनहरू ल्याउन सक्छ । अमेरिकी, रुसी, युक्रेनी स्वार्थको टक्कर र मध्यपूर्वका घटनाक्रमले विश्वको राजनीतिक सन्तुलनलाई बदलिरहेको छ । यदि वार्ताबाट समाधान खोजिएन भने यो टकराव अझै लामो समय चल्ने सम्भावना छ, जसले समग्र विश्व व्यवस्थामा दीर्घकालीन असर पार्न सक्छ ।