काठमाडौं : वैदेशिक रोजगार विभागले श्रम स्वीकृति रद्द गर्न र बीमा रकम भुक्तानीका लागि विभाग जानु नपर्ने व्यवस्था गरेकोे छ । विभागले श्रम स्वीकृति रद्द सम्बन्धी सेवासमेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने गरी निर्णय गरेकोे बताएको छ ।
यसअघि श्रम स्वीकृतिपछि सम्बन्धित कामदार तोकिएको कम्पनीमा नगए विभागको कम्युटर शाखाले श्रम स्वीकृति रद्द गर्ने गरेको थियोे भने बीमा रकम भुक्तानीका लागि श्रम स्वीकृति लिएको विभागको पत्र चाहिने व्यवस्था थियोे ।
विभागका महानिर्देशक शेषनारायण पौडेलले श्रम स्वीकृति रद्द गर्ने अख्तियारी वैदेशिक रोजगार कार्यालय ताहाचलका कार्यालय प्रमुखलाई दिइएको र बीमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको बताए ।
बीमा रकम भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)बाटै रुजु गर्न सक्ने विभागले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies