काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
मलेसियाको किनरारा ओभलमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
हङकङका लागि मारिको हिलले ४५, नताषा मिल्सले २८ तथा कप्तान कारी चानले १७ रन जोडे । नेपालकी संगीता राईले दुई तथा सीता मगरले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३२, अप्सरी बेगमले २२, बिन्दु रावलले २३ रनको योगदान दिए । हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले एक/एक विकेट लिए ।
समूह 'बी' को शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies