– डा. सुमनकुमार रेग्मी
३१ जुलाई २०१८ देखि जारी अमेरिका–चीन व्यापार–युद्धको अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता पटक–पटक हुँदै आएको छ । तर, वार्ता निर्णायक हुन सकिरहेको छैन । व्यापारमा समस्या देखिएको भन्दै पटक–पटक अमेरिका र चीनले धेरै रकमका सामानमा कर वृद्धिमा होडबाजी चल्दै आएको छ ।
अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप रहँदै आएको छ ।
भनिन्छ कि चीनसँगको समस्या नै विश्वासघात हो । अमेरिकाले सुरुदेखि नै तनावमा रहेको वार्तालाई सहजीकरण गर्न सहयोग नगरेको बताइन्छ ।
अमेरिकाले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील देशको दर्जा हटाउने भन्दै आएको छ । ६ वर्षअघि २०१९ सेप्टेम्बरमा आएर अमेरिकाले चुनाव अगाडि चीनसँग व्यापार सम्झौता गर्न सक्ने बताइएको थियो । चुनावलगत्तै चीनसँग व्यापार सम्झौता गरिन सकिने भनिएको थियो । यस किसिमको सम्झौता योभन्दा पहिले कहिल्यै नभएको आँकलन गरिएको थियो ।
अमेरिका र चीनबीच हुँदै आएका वार्तामा विश्वका २ ठूला अर्थतन्त्रबीच सन् २०१८ पछि चलिरहेको व्यापार–युद्ध अन्त्य गर्ने नै हुने छ । यद्यपि, व्यापार–युद्ध सन् २०२५ सम्म आउँदा पनि अमेरिकी राष्ट्रपतिको दोस्रो कालमा पनि झन् हल हुने देखिँदैन । अमेरिकाका आर्थिक नीतिहरूले व्यापार–युद्ध समाधान हुने देखिँदैन ।
अमेरिका र चीनबीचको व्यापार वार्ता २०१८ जनवरीदेखि २०२५ सम्म पनि पटक–पटक हुँदै आएको छ । यस्तो वार्ता कहिले अमेरिका र कहिले चीनमा हुँदै आएको छ । यस्तो वार्तामा बौद्धिक सम्पत्ति, जबरजस्ती प्रविधि हस्तान्तरण, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयनलगायत विषयमा छलफल हुँदै आएको छ ।
तर, हरेक पटकका व्यापार वार्तापछि विवाद घटाउनेभन्दा दुवै देशले कर बढाउने घोषणा गर्दै आएका छन् । अमेरिकी प्रविधि चीनले चोरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीका लागि खुल्ला नगरेकोलगायतका आरोप अमेरिकाले चीनलाई लगाउँदै आएको छ ।
११ मे २०१९ तिर अमेरिकाले २५ प्रतिशतका दरले २०० अर्ब डलरका सामानमा कर बढाएकाले विश्वका यी २ ठूला अर्थतन्त्रले विश्वमा नै हलचल मच्चाएका थिए । यसले विश्वमा तनाव ल्याएको थियो । यसले तेल खपत देशलाई पनि असर पार्दै आएको थियो । तर, पछि सन् २०२५ आउँदा अमेरिकाले अरूभन्दा बढी चीनप्रति ३० प्रतिशतको कर लगाउने तयारी गरेको छ ।
चीन र अमेरिका बौद्धिक सम्पत्ति र प्रविधिका मुद्दाहरूमा वास्तविक व्यापार वार्ताको खोजीमा देखिन्छन् । अमेरिकाको माग सबै सम्बोधन हुनेगरी अमेरिका र चीन व्यापार हुन नसक्ने स्वयं केही अमेरिकी नै बताउँछन् । अमेरिकाले डलर २५० अर्बका सामानमा १ अक्टोबर २०१९ देखि बढाउने भनेको कर केही समयका लागि रोकिएको भनिएको थियो ।
चीनले अमेरिकासँग आफू लामो अवधिका लागि व्यापार–युद्ध लड्नका लागि तयार भएको जनाउँदै आएको छ । चीनले प्राकृतिक स्रोतलाई अमेरिकाविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने भन्दै आएको छ । १७ वटा तत्त्वका रेयर अर्थका सम्मिश्रणको पदार्थ स्मार्टफोन, हस्पिटल स्क्यानर, परमाणु ऊर्जा स्टेसन र एलईडी लाइटका लागि प्रयोग हुँदै आएको थियो ।
अमेरिकामा आयात हुने रेयर अर्थमा सन् २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत थियो । चीनले यस्ता खनिजका विक्रीमा प्रतिबन्ध लगाउने भनाइ राख्दै आएको थियो । त्यसैअनुरूप अमेरिकाले पनि यसको विकल्पका रूपमा तयार रहेको जनाउँदै आएको थियो ।
अमेरिकाले चिनियाँ हुवावे कम्पनीमाथि अमेरिकी कम्पनीबाट पार्ट्स र प्रविधि खरिद गर्न रोक लगाएपछि रेयर अर्थलाई हतियारका रूपमा प्रयोग गर्ने विचार चर्चामा आएको थियो । चीनको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिको रेयर अर्थको प्रयोग र प्रबद्र्धनमा विशेष जोड र मूल्य राख्ने बताउँदै आएको देखिन्छ ।
चीन र अमेरिका हरेक पटकका वार्तामा सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा परामर्शद्वारा ताजगी ल्याउन चाहन्छन् । व्यापार–युद्धपश्चात् चीन र अमेरिकाबीच १२ चरणभन्दा बढी वार्ता भइसकेका छन् । ५ वर्षभन्दा बढीको अमेरिका र चीनबीचको व्यापार–युद्ध जी १९ का समूहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दा पनि समाधान भएको छैन ।
जारी अमेरिका तथा चीन व्यापार–युद्ध अन्त्य गर्नका लागि सम्भावित उपाय निकाल्न २ देशबीच पटक–पटक भएका बैठक रचनात्मक भनिँदै आएको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनबीच एकआपसमा एकअर्काको खर्बौं डलर बराबरका सामानमा कर वृद्धि गरिँदै आएको छ । अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशका कारण व्यापार सन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिका प्रविधि चीनले चोरी गरेको आरोप लाग्दै आएको छ ।
अमेरिका र चीनबीच चलिरहेको व्यापार–युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै देशमा रसायन तथा ग्रेनाइटसहित ३५० उत्पादन निर्यात गर्न थालेको देखिन्छ ।
अमेरिका र चीनबीच व्यापार–युद्ध भइरहेको अवस्थामा भारतले यी २ देशमा निर्यात गर्न सक्ने वस्तुका पहिचान भारतले गरेको देखियो । अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै आएका थिए ।
व्यापार–युद्धलाई भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठूलो अवसर लिइँदै आएको छ । डिजेल, एक्स रे, ट्युब तथा केही रसायनसहित १५१ उत्पादनलाई भारतले चीनमा निर्यात गर्न सक्ने भनिएको छ । पहिले चीनले यी वस्तुहरू अमेरिकाबाट आयात गर्दै आएको थियो ।
अमेरिकाले केही वस्तुहरू व्यापार–युद्ध अगाडि चीनबाट आयात गर्दै आएकामा युद्ध दौरान अमेरिकाले यस्ता वस्तु भारतबाट आयात गर्दै आएको थियो । अमेरिका र चीनबीचको व्यापार–युद्धले भारतलाई फाइदा भइरहेको थियो ।