– कुशुम तिवारी पाठक
व्यक्तिको छोरी होइन तिमी यो देशकै छोरी हो ।
पूर्वजन्मको खेल तिम्रो भाग्य यस्तै नै कोरियो ।।
कति सुन्दर मुहार तिम्रो, कति राम्रो तन मन ।
१४ वर्ष सम्मको तिम्रो पीडा नलुकाई भन ।।
नागरिकता बन्यो तिम्रो स्वस्तिका केसी नै ।
अनाथ भई नसोचेको दुःख भोग्यौ बेसी नै ।।
कर्म दिने आमा तिम्रो भगवान् बनेर आउनु भो ।
जन्म दिने आमाले त बाबुसँग छोडेर जानुभयो ।।
कति दुःख पायौ होला, कति कष्ट सह्यौ होला ।
बाबा बाबा भन्दै तिमी कति धेरै रोयौ होला ।।
कहाली लाग्दो जीवन तिम्रो मन थाम्न सकिन ।
तिमीलाई देख्दा महसुस गर्दा रुँदै छु म किन ।।
खानेकुरा ल्याउने आसमा बाबा छोडी गइदिए ।
जन्म दिने बाउ–आमा आज पराइ नै भइदिए ।।
आमा यता बाबा उता बिचमा त्यो सानो बच्चा ।
सानो छोरी अलपत्र पार्ने रहिछ दिमाग कच्चा ।।
कसरी छोड्न सक्यो त्यो सानो छोरीलाई ।
लाग्छ पाप, पछुतो हुन्छ यो जुनी भरिलाई ।।
त्यो राती पख ६ वर्षे बच्चा के गरी बस्दै छ ।
बाबा भन्दै चिच्याउँदै गहभरि आँसु खस्दै छ ।
निर्मला जस्ता कतिको अकालमा ज्यान गयो ।
भगवान् तिम्रो शर्मिला दिदी तिमिमा ध्यान गयो ।।
जन्म दिने बाबाले तिमिलाई बाटोमा फाल्नु भो ।
मनकारी मनले घर लगी १० महिना पाल्नु भो ।।
धन्यवाद दिन्छु भेटाई दिने पत्रकार जीलाई ।
सदैव खुसी छाइदिनु भयो, सबै जना मिलाई ।।
ईश्वरकै रूप रहेछ नि हजुर स्वस्तिका नानीको ।
सदैव रक्षा गर्नु है दाजै आँखाको नानीको ।।
सरकारले नि ध्यान राखोस् नि सानी नानीलाई ।
जन्म दिने हे बाउ–आमा सुधार्नु आफ्नो बानीलाई ।।
तिमिलाई खुसी छाओस् भन्दै लिएर भावना ।
तिम्रो लक्ष्य पूरा हुँदै जाओस् छ शुभकामना ।।