२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : सहिदहरूको सम्झनामा

shivam cement
२०८२ असोज ४ गते ०६:०५
Shares
कविता : सहिदहरूको सम्झनामा

–हुमेन्द्र गौतम

नेपाल आमा सन्तति तिम्रा काखैमा रमाएर 
देशको लागि सहिद बनँे, ती गोली खाएर 
देशको बुटी अकुत लुटी कुबेर बनेछन् 
देशको लागि म¥यो यो छोरो सहिद भनेछन् ।

शिरमा गोली लागेर ढले पानी नि पाइन
गर्नु है माफ ए मेरी आमा फर्केर आइन 
गिद्ध र कुकुर सिनु झैँ लुछी देशलाई खानेले 
के नै पो दिन सक्थे म आमा छोडेर जानेले । 

अकुत कमाई घरमा राखी ओछ्यान पैसाको 
हुँदैन रहिछ भर है आमा पैसा र वैंशको 
बलिन्द्र धारा नझारे आँसु स्वर्गमा भेटौला 
लागेको चोट ईश्वर भेटी काखैमा मेटौला 

नजानु बाबु भनेर आमा रोकेकी थियौ नि 
एउटै यो छोरा परलोक हुँदा कसरी सह्यौ नि 
नुनिला आँसु पिएर आमा नगर बिदाइ 
म मरे सारा नेपाली हुन्छन् जन्जिरको रिहाइ 

देश र भेष नेपाली माटो छोएको कसम 
कसरी बसँु सहेर आमा रुने थ्यो यो मन 
दुःख है गरी तिरेको कर वैरीको पासोमा 
रगत र आँसु मिश्रण थियो वैरीको हाँसोमा 

जाग्नेछन् प्यारा रगतको बदला रगत साटेर 
कहाँ पो जाउँला ए बैरी तिमी ईश्वरलाई ढाँटेर 
म जस्तै युवा देशले पाउला नेपाल बन्नेछ 
सहिद भयो प्रिय थियो देशले भन्नेछ 
आमा नेपाल बन्नेछ ...।।

सम्बन्धित खबर