२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

कथा : आशंका र माया

shivam cement
२०८२ असोज ४ गते ०६:१०
कथा : आशंका र माया

–अस्मिता बास्ताकोटी

एक दिन साँझपख, जब शान्त वातावरणलाई चियाको गन्धले घेरिरहेको थियो, मेरो मोबाइलको स्क्रिनमा एक नयाँ म्यासेज देखापर्‍यो । म्यासेज थियो, ‘गुड नाइट सानु ।’ यो म्यासेज पठाउने केटी मेरो जीवनको एउटा गहिरो हिस्सा बनेकी थिई तर हामी एकअर्कामा केवल मोबाइलबाट मात्रै परिचित थियौं ।

मेरो मन त उसैको भनाइमा हराएको थियो । त्यही गहिरो चञ्चलता, जस्तो कुनै पानीको लहर बिचमा अड्केको अचम्मको एक आगो । उसको आवाज ममा यात्रा गर्दै थियो । हामी एकअर्कामा अरू कुनै सम्बन्ध पनि भनेका थिएनौं तर दिनचर्या र म्यासेजमार्फत चलिरहेका थिए । 

तर, सँगै हामी वास्तविक जीवनमा पनि भेट्न चाहन्थ्यौं यद्यपि हामी अनेकन कारणले डराउँथ्यौं । हामी एउटै सहरमा बस्ने भए पनि हाम्रो भेट कहिल्यै भएको थिएन । 

एक दिन मैले उनको नामको पहिलो अक्षर ‘स’ हातमै लेखें । मलाई त्यो लेख्नु निकै प्रिय थियो । उनले मसँग यात्रा गर्नका लागि भनेकी थिइन्, ‘हामी कतै घुम्न जाम न । हामीबीच वास्तविक भेटघाट पनि हुनुपर्‍यो ।’ यद्यपि हामीले दुवै मिति भने तय गर्न सकेनौं । प्रायः फोनमा घुम्न जाने ठाउँबारे कुरा हुन्थ्यो ।

यसैगरी बितेछ पाँच महिना । न मैंले समय बितेको थाहा पाएँ, न उनले । यद्यपि, मिठा संवादहरूकै बिचमा एक प्रश्न, एउटा नयाँ खालको द्वन्द्वमा बदलिन थाले । उनले मलाई भनिन्, ‘हाम्रो सम्बन्ध के यसैगरी जाने हो ? समयमा साथ देला त ?’

यो त्यस्तो कुरा थियो जसले मेरो मनलाई गहिरो चिन्तामा डुबायो । मैले उसलाई विश्वास गर्न चाहन्थें तर मेरो आत्मा फेरि एकपटक शंका र डरले जकडिएको थियो । म जान्नँ चाहन्थें सम्बन्ध वास्तविकता हो वा केवल कागजमा लेखिएको कुनै कल्पना ?

यद्यपि, उनले सबै प्रश्नहरूको जवाफ दिएर मेरो मनलाई अलिअलि सुरक्षित बनाइरहेकी थिइन् । मैले उनलाई भन्न थालें, ‘तिमी साँच्चिकै मेरो जीवनमा आइनौ भने मेरो संसार अधुरो हुनेछ ।’

आफ्नो असमर्थता र भय रूपको प्रत्येक शब्दका बिचमा हामी अलमल थियौं । हरेक म्यासेज, हरेक शब्द मेरा लागि एक शान्ति थियो । यात्रा गर्नु भनेको जीवनलाई कुनै साँचो सम्झाउने अभिप्राय नहुन सक्छ ।

तर क्रमशः समयसँगै म केही व्यस्त हुन थालें । कुनै कारणले हामी दुईको कुरा रोकिन थाले । म असुरक्षित महसुस गर्न थालें । उसले मसँग कुरा गर्न थालेको भए पनि मैले भनेको जस्तो सम्पर्क भएन । मेरो मन व्यस्त र थकित थियो । यस क्रममा म अचानक उसलाई पत्र लेखें, ‘प्रिय, हामी छिट्टै एक हुनुपर्छ । समयले पनि त्यही भनेको छ । नत्र हामीबीच उम्रिएको विश्वास पनि आफैं गलेर जानेछ ।’

मैले उनलाई यसरी पठाएपछि, मेरो मन अचम्मको अवस्थामा थियो । उत्तर प्राप्त गर्दा थाहा पाएँ कि हामी एक अर्कामा जस्तो पूर्ण रहेछौं । अन्ततः त्यो एक हाम्रा शब्दहरूले साकार गरे । 

हामी प्रत्यक्ष भेट्यौं । निकै लामो आलिंगनमा रह्यौं । त्यसबेला हामीलाई दुनियाँप्रति खास वास्ता थिएन । न त वरिपरि के भइरहेको छ भन्ने वास्ता नै । हामीले महसुस गर्‍यौं, हाम्रो आत्मा जोडिएको छ । 

समयसँगै हामी धेरै नजिक हुन थाल्यौंं । हामी एकअर्काको मनको गहिराइमा पसेका थियौं । प्रत्येक म्यासेज र प्रत्येक शब्दले हाम्रो सम्बन्धको एक नयाँ अध्याय खोल्दै थियो । ती क्षणहरू, जसमा हामी आफ्ना डर र आशा साझा गर्दै थियौं अब त सम्झना बन्न थालेका थिए । हामी एकअर्कालाई ‘अनकन्ट्रोल’ भावना र विचारहरूको साथ समेट्ने प्रयास गरिरहेका थियौं ।

तर, एक दिन मैले उसलाई भने, ‘हामी दुई बिचमा के हो ? के हामी साँच्चिकै यात्रा गर्न खोजिरहेका छौं, या यो केवल एक समयको माग हो ?’ ती शब्दहरू त्यस क्षणमा मसँग गहिरो अनिश्चितता ल्याए । मेरो मनले शंका गर्न थालेको थियो— के हामी दुईबीचको केमेस्ट्री सत्य हो, या यो केवल काल्पनिक सपना हो ?

उसको उत्तर नआउँदा मेरो असुरक्षा बढ्न थाल्यो । मेरो मनमा अन्धकार सर्न थालेको थियो र म सोच्न थालेको थिएँ— हामी जो प्रेमको कुरा गर्दै थियौं, त्यो कहीँ भत्किने त होइन ? के हामी साँच्चिकै एउटै पृष्ठमा छौं ? के हाम्रो आत्मा, जसले एक अर्कालाई खोजेको छ, साँच्चिकै मेल खानेछ ?

तर अचानक, केही समय पछि उनले पनि यसैगरी कुरा गर्न थालिन् । उनले भनिन्, ‘तिमीले के सोचेको छौं, म बुझ्न सक्छु । तर मेरो जीवनमा एउटा कुरा साँचो छ, तिमीबिना म पनि अधुरो हुँ । म यो यात्रा सधैं तिमी सँगै चाहन्छु ।’

उसका यी शब्दहरूले मेरो मनलाई स्थिर बनायो । त्यो अनिश्चितता र डर जो मेरो हृदयमा गहिरो थियो, एकचोटि हरायो । यो सचेतना मलाई थाहा दिलाउन थाल्यो कि म त असल प्रेमसँग जिउँदै छु । हामीले एकअर्कालाई भेट्न समय र परिस्थिति समायोजन गर्न सक्छौं र हामी दुवैका लागि यो समयको अवस्था के हो भनेर बुझ्नैपर्छ ।

तर, हामीलाई थाहा थियो कि हाम्रो मार्गका केही चुनौती रहनेछन् । यस प्रेमको यात्रामा हामीले कति उतारचढावको सामना गर्नेछौं । यसका लागि हामी तयार थियौं । हामीले चाहेका कुरा भनेका थिए– विश्वास र समर्पणका साथ एकअर्कामा हराउँदैनौं. । 

एक दिन हामी निर्णयमा पुग्यौं– सम्बन्धलाई औपचारिकता दिऔं । दुवै परिवारका सदस्य अनि उनी र मेरा साथीहरूलाई सँगै राखेर सम्बन्धलाई वैधानिकता बनायौं । जसमा उनी र म मात्रै हामी दुवैका परिवार र साथी पनि खुसी थिए । हामीले पहिलो र साँचो प्रेमलाई व्यवहारमा उतारेका थियौं ।

ADV

सम्बन्धित खबर

Advertise