२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

मधेसका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँड

shivam cement
२०८२ मंसिर ८ गते १७:२९
Shares
मधेसका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँड

काठमाडौं : मधेस प्रदेश सरकारले तीन मन्त्रीले जिम्मेवारी पाएका छन् । 

मुुख्यमन्त्री सरोजकुमार यादवले संविधानको धारा १६८ को उपधारा ९ अनुसार गत कात्तिक २३ गते नियुक्त भएका मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् । 

मन्त्री लखनदास तत्माले ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र विमला अन्सारीले गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएको मुख्यमन्त्री कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए । 

कञ्चन विच्छाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बाँकी मन्त्रालय मुख्यमन्त्री यादव आफैले राखेका छन् ।

ADV

सम्बन्धित खबर