
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेश सभा सदस्य कञ्चन विच्छालाई पदमुक्त गरेको छ ।
आज (बिहीबार, मंसिर ११) बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसमा विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै उनलाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले ८ मंसिरमा विच्छालाई वन तथा वातावरण मन्त्रालयमा नियुक्त गरेका थिए ।
सोही विषयलाई लिएर विच्छालाई लिम्बन गरेको श्रेष्ठको भनाइ छ ।