
तुलसीपुर (दाङ) : लुम्बिनी प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ ।
नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रुपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो ।
समानुपातिक निर्वाचनतर्फबाट प्रदेश सभा सदस्य चयन भएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मंसिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मंसिर ११ गतेको निर्णयअनुसार उनी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।
उनको शपथग्रहणसँगै प्रदेश सभाले पूर्णता पाएको छ । योसँगै लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् ।