
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी गराउँदै बुुधबार विश्वासको मत लिने बताए ।
सम्मेलनमार्फत मुख्यमन्त्री यादवले विगतमा आफूलाई विश्वासको मत दिएका दलहरूले यसपटक पनि दिने विश्वास व्यक्त गरे ।
उनले बुधबार दिउँसो ३ बजेभित्रै विश्वासको मत लिइसक्नेछन् ।