२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कविता : युवाको काँधमा देश

shivam cement
प्रदीप मगर
२०८२ माघ २४ गते ०६:०५
Shares
कविता : युवाको काँधमा देश

हामी युवा हौँ, संख्यामा मात्र होइन–
सपना, साहस र सवालमा ।

प्रतिशतको आँकडामा मात्र पनि होइन,
युवा परिवर्तनको नाडी हो
जो देशको मुटुमा धड्किरहन्छ । ।

हिजो राणा शासन ढलेको दिन,
बहुदलको नारा गुन्जिएको रात,
राजतन्त्रको अन्त्यको क्षण,
र आज– जेनजीको प्रश्नले काँपेको सडक
सबै ठाउँमा, हामी नै थियौँ
अग्रपंक्तिमा, निडर ।

तर, हामीले हरेक आन्दोलन जित्यौँ,
नेतृत्व हारेका छौँ ।
ऊर्जा दियौँ, पाठ सिकायौ
संरचना पाएनौँ ।
यही पीडा हो, हाम्रो पुस्ताको मौन चिच्याहट ।

हामी प्रश्न गर्छौँ– 
भ्रष्टाचार कहिले अन्त्य हुन्छ ?
किन असमानता अझै बाँकी छ ?
किन राजनीति जबाफदेही छैन ?
किन भविष्य हाम्रै देशमा खोज्दा
भिसाको लाइनमा भेटिन्छ ?

हामी डिजिटल पिँढी हौँ– 
हातमा मोबाइल, आँखामा संसार,
दिमागमा नयाँ सोच ।
पुराना संस्कारलाई
आदर गर्छौँ, तर ढिलाइलाई होइन ।

यदि सीपलाई अवसर मिल्यो भने,
अनुदानले सपना छोयो भने,
नीतिले युवालाई विश्वास ग¥यो भने–
यही हातले स्टार्टअप उठाउँछ,
यही सोचले अर्थतन्त्र चलाउँछ । 

गाउँमा योजना, नगरमा बजेट,
संघमा नीति– जहाँ निर्णय हुन्छ
त्यहीँ युवाको उपस्थिति चाहिन्छ ।
परिवर्तन भाषणले होइन, जिम्मेवारीले हुन्छ ।
तर सम्झ, विकासभन्दा ठूलो कुरा
चरित्र हो ।
इमानदारी हाम्रो पहिचान,
परिश्रम हाम्रो राजनीति,
उत्तरदायित्व हाम्रो नारा ।

हामी गाली होइन, समाधान खोज्ने
पुस्ता बनौँ ।
निराशा होइन, नवप्रवर्तन बनौँ ।
भाग दौड होइन, दृष्टि बनाऔँ ।

आज संसार डिजिटल छ,
हामी पनि छौँ ।
यदि प्रविधि
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा
सहीसँग जोडियो भने
नेपाल ढिलो होइन,
छिटो उड्न सक्छ ।

प्रश्न एउटै छ– देश बदल्ने कि
निराशामा बस्ने ?
अवसर सिर्जना गर्ने कि गुमाउने ?

युवाको हातमा
परिवर्तनको आँधी छ,
विकासको गति छ,
भविष्यको नक्सा छ ।


भोग्ने होइन, बुझ्ने र बदल्ने पुस्ता बनौँ ।
किनकि अब देशको कथा
हाम्रो काँधमा लेखिँदै छ ।

सम्बन्धित खबर