–डा.सुमनकुमार रेग्मी
सपना थियो आमाबाबुको
छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने ।।
यद्यपी आफूूलाई घरबाट पाटीमा पठाउने
सन्तानलाई डाक्टर, इन्जिनियर बनाउने धोको ।।
छोराछोरी आमाबाबुको आकांक्षा पूरा नगरी
इच्छाउन उल्टोपारी ।
गर्दैनन् वास्ता बृद्धाको विचारमा आघात पारी ।।
रोज्दछन् सन्ततीहरू फेसबुक हेरी
आइ.टी र गायक बन्ने इच्छा गरी ।
भन्दछन् तिनी आमाबाबुको इच्छामा
विश्व प्रचलन पुरानै छ ढाँचा पारी ।।
बृद्धा भन्दछन् गाना–बजाना÷आइटी
रोजे सन्तानले दुखः पाउने घोषणा गर्दछन् ।
तर, सन्तान ज्यान गए
डाक्टर, इन्जिनियर रोज्ने–बन्ने इच्छाउँदैनन् ।।
सन्तानहरू डिभी, भिसा
र अमेरिकी राजदुतावास धाउँदछन् ।
बृद्धा आमाबाबु रामराम भनि पशुपति धाउँदछन् ।।
यस्तै छ देशले चालीस लाख युवाको चोला ।
यतिका युवा वर्गको श्रम विदेशमा श्रमको खोला ।।
पुराना बृद्धाहरू भन्दछन्– सन्तानले डाडाँकाडाँ ढाकोस्
नवबृद्धाहरू भन्दछन्– सन्तानका कृतिका विदेश ढाकोस् ।।
के यस्तो देख्नु प¥यो, नेपालमा भन्दछन् ।
छोराछोरी नासामा वैज्ञानिक भइ बस्दछन् ।।
उतातिर सन्तानका आमाबाबुहरू पशुपति बृद्धाश्रममा बस्दछन् ।
खोलेखाई रामनाम भजन गरी बृद्ध भइरहन्छन् ।।
फेरी तिनै आफ्ना इच्छा पूरा गर्ने युवाहरू यस्तो गीत गाउँदछन् ।
समाजमा यथार्थ चित्रणको गीत गाउँदछन् र रमाउँदछन् ।।