२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : सन्तानको सुखको कल्पना

shivam cement
२०८१ साउन १२ गते ०६:३०
Shares
कविता : सन्तानको सुखको कल्पना

–डा.सुमनकुमार रेग्मी 

सपना थियो आमाबाबुको 
छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने ।।
यद्यपी आफूूलाई घरबाट पाटीमा पठाउने 
सन्तानलाई डाक्टर, इन्जिनियर बनाउने धोको ।। 
छोराछोरी आमाबाबुको आकांक्षा पूरा नगरी
इच्छाउन उल्टोपारी ।
गर्दैनन् वास्ता बृद्धाको विचारमा आघात पारी ।।
रोज्दछन् सन्ततीहरू फेसबुक हेरी 
आइ.टी र गायक बन्ने इच्छा गरी ।
भन्दछन् तिनी आमाबाबुको इच्छामा 
विश्व प्रचलन पुरानै छ ढाँचा पारी ।। 
बृद्धा भन्दछन् गाना–बजाना÷आइटी 
रोजे सन्तानले दुखः पाउने घोषणा गर्दछन् ।
तर, सन्तान ज्यान गए 
डाक्टर, इन्जिनियर रोज्ने–बन्ने इच्छाउँदैनन् ।।
सन्तानहरू डिभी, भिसा 
र अमेरिकी राजदुतावास धाउँदछन् ।
बृद्धा आमाबाबु रामराम भनि पशुपति धाउँदछन् ।।
यस्तै छ देशले चालीस लाख युवाको चोला ।
यतिका युवा वर्गको श्रम विदेशमा श्रमको खोला ।।
पुराना बृद्धाहरू भन्दछन्– सन्तानले डाडाँकाडाँ ढाकोस्
नवबृद्धाहरू भन्दछन्– सन्तानका कृतिका विदेश ढाकोस् ।।
के यस्तो देख्नु प¥यो, नेपालमा भन्दछन् ।
छोराछोरी नासामा वैज्ञानिक भइ बस्दछन् ।।
उतातिर सन्तानका आमाबाबुहरू पशुपति बृद्धाश्रममा बस्दछन् ।
खोलेखाई रामनाम भजन गरी बृद्ध भइरहन्छन् ।।
फेरी तिनै आफ्ना इच्छा पूरा गर्ने युवाहरू यस्तो गीत गाउँदछन् । 
समाजमा यथार्थ चित्रणको गीत गाउँदछन् र रमाउँदछन् ।।

सम्बन्धित खबर