२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : पुर्खाको माटो

shivam cement
२०८१ भदौ ८ गते ०६:१५
Shares
कविता : पुर्खाको माटो

–राजन केसी

पुर्खाको माटोले पैताला धान्यो,
बिहानै  धर्ती बैरीले कब्ज्यो
सकिन्न सहन यो ज्यादति,
बदला लिनेछौ मौका मिली ।।

गामबेसी भो यो जिन्दगी, 
पुरानै संस्कृतिले सम्झायो,
जनताहरू दुःखी भए,
झेली व्यवस्था सुधारौँ ।।

खेलेको डुलेको धर्ती,
बिरानो जस्तो भो ती आँगन,
जाऊ जाऊ लाग्छ उता,
बस्न खान दिँदैन बैरीले त्यता,

बिचार छ यता समस्या उता,
नक्सा छ यता भूगोल छ उता,
जागिर  घरबार फरक भो
मोडीन्छ की बसेकाहरू सबै उता,
मोफसलको पर्दा खुलेछ यता ।।

फुल यता छ गमलाको आस छ,
आँखा यता छ देखिएको दृश्य त्यहाँ,
राखेर मनभरिको सम्झना,
दुस्मनीको काहाली लाग्दो कल्पना ।।

बाटो छदै थियो बिगार्‍यो वर्षाले,
मन भयो गह्रुँगो मर्काले,
सकिन्न नलिई बदला,
पुर्खाको रगतको इतिहास,
झिकी काटक गर्नै हाम्रो कहावत ।।

पुर्खौली माटो जोगाउ,
लरेर बैरी शत्रुसँग,
कालापानी लिपुलेक हिमाल,
शत्रुको षडयन्त्र रचेर, 
उचाली हाम्रो दाजुभाई, 
घर ज्वाइँ बनी रजाइँ ।।

सक्कली माया परदेशीको भो,
माटोको लागि मरेको,
पुर्खा सबै नक्कली भो,
खोलानाला नक्कली बनाई,
बलमिचाइँ छिमेकी ।।

यता र उताको गलफती भयो,
माटो त्यही हो गाउँ त्यही हो,
नियम तिमीले बनायौ,
गरेर बेइमान स्वाभिमानको,
जाग्ने छन् हाम्रो सन्तति,
छिनाली तिम्रो गर्धन ।।

एकाइसौँ शताब्दी मूल्य मान्यता,
जीवनस्तर हाम्रा दुःखले,
गाउँको छोड्नु परेको छ,
गाउँको मायाको दबाई उता छ,
माटोको मायाले मुटु जलेको छ ।।

सम्बन्धित खबर