२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिर्जना

shivam cement
२०८१ पुष १३ गते ०६:१०
Shares
सिर्जना

–राजनारायण राई

भुलेर जानेले पनि मलाई सम्झिन्छ रे कहिलेकाहीँ
सुनेको छु ऊ रोएर खाटमा ढल्किन्छ रे कहिलेकाहीँ

बितेका पल फर्की नआउने प्रकृतिको रीत हो
यति बुझे पनि उसले मलाई पर्खिन्छ रे कहिलेकाहीँ

छेउका बहुमूल्य वस्तु टाढै पुगेपछि नै बुझ्छन् सबै
यही भूल स्वीकार्दै धेरै ऊ तड्पिन्छ रे कहिलेकाहीँ

खोला–नाला कति हो कति बगे भनेर साध्य नै छैन
त्यति नै दोष मेरै भो भन्दै ऊ बम्किन्छ रे कहिलेकाहीँ

मनले नरुचेको मान्छे नै किन आज यसरी भयो प्रिय ?
सम्झेर ऊ आफैं आगो भई रन्किन्छ रे कहिलेकाहीँ ।

सम्बन्धित खबर