२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

शीतयुद्ध

shivam cement
अनमोल कँडेल
२०८२ कार्तिक ४ गते ०७:४५
Shares
शीतयुद्ध

कुनै दिन लिनेछ 
यो सिङ्गो पृथ्वीले नै पनि  
अनन्त विश्राम... !
सम्भावना छ  
मान्छेका विचारहरू  
एक अर्कासँग आणविक  
युद्ध गर्दागर्दै ध्वस्त हुनेछिन् पृथ्वी...
अथवा  
अन्तरिक्षबाट  
जोडले खस्ने छ कुनै क्षुद्र ग्रह  
यावत कुनै अन्जान कारणले 
आउन सक्ने छ प्रलय... 
त्यतिखेर  
काम आउनेछैन  
बैङ्कमा जम्मा गरेको रकम  
न रहनेछन्  
गीत÷कविता  
विम्ब÷प्रतीक  
न मूल्य – न मान्यता  
न गणितका कुनै सूत्र  
बाँकी रहनेछैन  
सृष्टिका यावत चक्रहरू  
मौसम र फूलहरू...  
रहनेछैनन्
मानिसलार्ई बाँध्ने सारा बन्धनहरू  
सानो अथवा ठूलो बनाउने 
कुनै अन्धविश्वासको तुलो  
परिभाषाहरू मासिनेछन्....  
नासिनेछन् सभ्यताहरू...
न रहनेछन् – पण्डित र तिनका भगवानहरू... 
न रहनेछन् – दार्शनिक र तिनका दर्शनहरू...
न बाँकी रहन्छ – देह र आत्माको भेद....
न बाँकी रहन्छ – रूप/रङ/जात र वर्गविभेद....
त्यति विशाल हुनेछ विध्वंश  
हाम्रो अहङ्कारमा पनि 
रहनेछैन त्यस्तो केही  
जो बाँच्नेछ, 
उठ्नेछ, 
र हि“ड्नेछ समयको लयमा... 
शून्यताले निल्नेछ 
हाम्रो अस्मिता  
र, एउटा अनन्त सङ्गीतमा 
बिलाउनेछ जगत्को सारा खेल...
न तैरिनेछन् बादलहरू 
समुद्रमाथि आकाशमा...  
न उड्नेछन् फूलको सुगन्ध 
धरतीमाथि बहने बतासमा...  
साथी, 
त्यसपछि पनि 
फैलिनेछन् आकाशमा ताराहरू  
सृजित हुँदै हुनेछन् 
असीमित पृथ्वीहरू... 
तर हेर्नका लागि न हुनेछौ तिमी
न हुनेछु म...
कुनै पनि दुश्मनी 
धेरै पुरानो रहने 
व्यवस्था छैन 
यो अस्तित्वमा 
जुन दिन लाग्नेछ 
ब्रह्माण्डकोे आयुमा पूर्णविराम
त्यो दिनदेखि नै 
हाम्रो शीतयुद्धले पनि 
लिने छ अनन्त विश्राम....
के नै मूल्य छ 
तिम्रो र मेरो अभिमानको ?  
आऊ तिमी मेरो अहङ्कारको ऐनामा 
आफ्नो पनि अनुहार हेर 
ब्रह्माण्डको आयुको स्केलमा 
हाम्रो दुश्मनीको लम्बाइ नापेर हेर...
तिमी भन्नेछौ,
अहो ! 
यति ठूलो 
अहङ्कारलार्ई पनि
जाबो,
त्यति छोटो 
शीतयुद्धको पो
लत लागेको रहेछ... !

(प्रकाशोन्मुख ‘ईश्वरको कारागार’बाट)

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर