२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू

shivam cement
श्यामल
२०८२ कार्तिक ३ गते १४:००
Shares
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू

जसरी सिलिकोन युवतीको जिउमा कीरा लाग्दैन 
तर कामवासनाले उत्तेजित भएको नाटक गर्छ
जसरी उसलाई आफ्नो सुगन्ध थाहा हुँदैन       
तर ताँदोबाट फुत्किएको धनुषवाणझैं 
प्रत्येक निसानामा वास्ना फाल्दछ 
क्या लचकदार छ उसको जिउ !
क्या कामुक छ उसको हिंडाइ !
क्या मादक छ उसको बोलाइ !
तर त्यहाँ मानिस छैन
ती मानव इन्द्रिय झैं गरी थाक्न असमर्थ छन्
तर ती स्वयं विचार उत्पन्न गर्दैनन् 
ती अर्‍हाएको काम मात्र गर्छन्  
तिमीलाई चाहिएको सबैथोक छ उससंग 
उत्कृष्ट प्रोग्रामिङ गरिएको 
उसका नाडी र दिमाग चल्छन् 
लिथियम ब्याट्रीबाट 
सत्ता र धनाढ्यका प्रशस्तिमा रमाउने 
र विरुदावली लेखेर तक्मा कमाउने 
प्लाष्टिक कविजस्तै
जसको कुनै मौलिक सोच हुँदैन  
अरुले अर्‍हाएको 
जुनसुकै शीर्षकमा पनि कविता लेख्न सक्छ 
जसको हार्डवेयर सफ्टवेयर बनाउने उद्भट प्रतिभा
सिलिकन भ्यालीका स्वामीहरुले खरीद गरेको 
कृत्रिम बौद्धिकको अद्भूत रचनाकार हो  
हेर, हिजो त्यसले श्री ३ को जय लेख्यो 
त्यसपछि त्यसले लगत्तै श्री ५ को जय लेख्यो
अचेल गणतन्त्रमा ऊ संघीयताका रचनाकारको 
वायोपिक बनाइरहेको छ 
त्यहाँ मानिस छैन 
त्यहाँ कृत्रिम संवेदनाले न्यानो फालिरहेको मात्रै छ 
त्यो काम त लाग्छ तर रोगी एकान्त तोड्न मात्र काम लाग्छ 
त्यो भयानक निर्लज्जतामा डुबेर आत्महत्या गर्न काम लाग्छ 
त्यो अमानव कामुकहरूकी जिरो फिगरकी अप्सरा हो
त्यो प्लाष्टिक कविको पुष्ट कविता हो । 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

 

 

सम्बन्धित खबर