२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

घाउ

shivam cement
सीता पाण्डे
२०८२ कार्तिक ५ गते १४:०५
Shares
घाउ

यो कस्तो घाउ हो,
जस्को कुनै मलहम छैन
औषधी छैन, डक्टर छैन  !
उपचार  छैन,

उनीहरू सुख देख्न
आफ्नो जिन्दगी खर्चियौ, बन्धक बनायौ
ऊनीहरू उज्यालो र खुसी देख्न,
कैंयौं दिन पनि अॅध्यारोमा काट्यौ
दशैंले बर्षौं नभेटिएकाहरूलाई पनि 
भेट गराउंछ - भन्थ्ये
खै , यो बर्षको  दशैंले त 
हिजो सांझ संगै भान्सामा  खाना खाएको छोरा - छोरी 
आज बिहान गए पछि
फर्केर आएनन्
कहिल्यै  नआउने गरि , 
नफर्किने गरि टपक्क  टिपेर लग्यो !

दुष्मनहरूसित त म ढुक्क थिएं र संधै विजयी रहें
थाहा थियो , कहिल्यै हित गर्दैनन् 
र सतर्क थिएं, हुन्थें,
तर आफ्नैले पनि धोका र षडयन्त्र गर्लान् , रच्लान्,  सोच्न सकिएन, बुझ्न पनि सकिएन !

यो बाढीले त सबै कुरा बगाएछ, पखालेछ !
तर मेरो मनको  वेदना र दु:खको
बिस्कुन भने ओभानै छ !
 मेरो दु:ख किन पखाल्दैन!
किन बगाउंदैन ! 
 यो बाढीले काठमाण्डौ शहर डुवाउंदा पनि 
मेरो मनको आगो
किन निभाउन सकेन, 
सकिरहेको छैन !

जनताका भावनालाई कैदी बनाएर,
बन्दी बनाएर
तिमी कस्तो स्वतन्त्रताको विगुल फुकिरहेका छौ ! 
युवा जति 
विदेश लखटेर,
स्कूले बालकलाई बलि चढाएर 
तिमी, 
कुन भगवानलाई
खुसी बनाउन खोजीरहेका छौ, थियौ !
कस्तो, कस्तो शासन रोजीरहेका छौ वा
रोजाईमा छौ !

म प्रश्न गर्छु, तिमीसित !
के, तिमी हावालाई
बहन बाट रोक्न  सक्छौ ?
 पानीलाई, 
बग्नवाट रोक्न सक्छौ ?
के सूर्यलाई
उज्यालो हुनुबाट रोक्न
छेक्न सक्छौ ?
पचहत्तर जनाको बलिदानले,
पचहत्तर लाख 
विचारहरू जन्मिसकेका छन्
अब तिमी, 
संझ, सोच र बुझ
तिनीहरू, विशाल पहाडले पनि नछेकिने 
खुला आकाश हुन् ,
कुनै आंधी - बेहरी र प्रचण्ड 
तापमा पनि नरोकिने, 
स्वतन्त्र वहने हावा हुन्   
अनि तिनीहरू, 
एउटा-एउटा सिङ्गो सूर्य  हुन् , 
जेन्जी हुन् !

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर