
जीवन–श्रृष्टि कवितामय होस् ।
सुन्दर मधुर प्रगाढ लय होस् ।।
सबको मनमा सुषुप्त कविता,
सुरम्य लयले जुरुक्क उठोस् ।
गीतझैं राग र तानले शोभित,
छन्दले भुषित सौम्य वय होस् ।।
शब्द–स्पर्शले हृदय आह्लादित,
सुस्तरी ओठ स्वःस्फूर्त चलोस् ।
वक्ता–श्रोता कवितामय भई,
प्रेमिल ऋतु वसन्त उदय होस् ।।
साहित्यका नव रसले सिञ्चित,
जीवन दिव्यालङ्कारमय होस् ।
कविताझैं रसपूर्ण होस् जीवन,
निर्भय, अमर सुशब्दमय होस् ।।
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा