२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल महाभियोगमार्फत पदमुक्त

shivam cement
२०८२ मंसिर ३ गते १८:१९
Shares
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल महाभियोगमार्फत पदमुक्त

काठमाडौं : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल महाभियोगमार्फत पदमुक्त भएका छन् । 

बुधबार प्रदेश सभामा प्रस्ताव पेस हुँदा ७६ मतले समर्थन पाएको थियो, जुन आवश्यक दुईतिहाइ (७२) भन्दा बढी हो । कात्तिक २७ गते ७ दलले पदअनुकूल आचरण नगरेको आरोपसहित प्रस्ताव दर्ता गरेका थिए ।

एकतर्फी ढंगले सभा सञ्चालन गर्दै विपक्षीलाई रोष्टम प्रयोग गर्न नदिएको, सत्तापक्षलामात्र बोल्ने अवसर दिएको र विपक्षी अनुपस्थितिमै बैठक चलाएकोजस्ता आरोप लगाइएको थियो । 

प्रस्ताव दर्ता बेला ६४ सदस्यले हस्ताक्षर गरेका थिए । प्रस्तावलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्तिले समर्थन गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर