काठमाडौं : रुस–युक्रेन युद्धका कारण असुरक्षा बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि सेसेल्स, क्रोएसिया र मोरिससको श्रम स्वीकृति रोकेको छ ।
वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचलले मन्त्रालयको निर्देशनअनुसार ती मुलुकमा जाने नेपाली कामदारको श्रम स्वीकृति रोकेको बताएको छ । ती मुलुकमा संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली कामदार जाने गरेका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा जाँदा जोखिम बढी रहने सरकारी तथा गैरसरकारी अध्ययनहरूले देखाउने गरेको छ । मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी रहेको अवस्थामा उनीहरूमार्फत नै पठाउनु उपयुुक्त हुने राय मन्त्रीसमक्ष पुगेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies