२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

विभेद चिर्दै नेतृत्वमा पुगेकी डा. शर्मिला

shivam cement
सपना बोहरा
२०८२ पुष २६ गते ०६:२०
Shares
विभेद चिर्दै नेतृत्वमा पुगेकी डा. शर्मिला

महिलाले नेतृत्व पाउन कति संघर्ष गर्नुपर्छ भन्ने उदाहरण हुन्– डा. शर्मिला पोखरेल । हाल पद्योदय माध्यमिक विद्यालय हाँकिरहेकी डा. शर्मिलाको कथा आफैंमा अध्ययनयोग्य छ । 
प्रधानाध्यापक हुन कानुनी लडाइँ लड्नुपरेको तितो अनुभव सुनाउँछिन् डा. शर्मिला । उनी शिक्षण पेसामा लागेको २२ वर्ष भयो । एउटा शिक्षिका मात्र भएर पढाउँदा त ठिकै थियो तर जब प्राधानाध्यापक भइन् तब बाधा र अवरोधहरू आउन थाले । ‘महिलालाई नेतृत्व लिन गाह्रो, सहजै दिँदैनन्,’ उनले भनिन्, ‘मैले चार वर्ष कानुनी मुद्दा लडेर प्रधानाध्यापकको जिम्मेवार सम्हाल्न पाएको हुँ ।’ 

पितृसत्तात्मक सोचले अझै पनि जरा गाडेको उनले बताइन् । ‘शिक्षित भएर मात्रै हुँदैन रहेछ, सोच ठुलो कुरा रहेछ,’ उनले भनिन, ‘महिला भएर आएकै कारण नेतृत्व हस्तान्तरण गर्न नचाहने, विश्वास नगर्ने प्रवृत्ति छ ।’ 

उनी प्रअ भएर आएको विद्यालयमा उनीभन्दा जुनियर शिक्षकले जिम्मेवार सम्हालेका थिए । तर उनलाई विद्यालयका अन्य शिक्षक तथा अभिभावकलगायतले नेतृत्व हस्तान्तरण गर्न मानेनन् । उनलाई विश्वास जित्नै वर्षांै लाग्यो । उनी विद्यालयमा प्राधानाध्यापक भएर आएपछि नै विद्यालयको मुहार फेरिएको छ । 

उनी हजारौं विद्यार्थीले पढिरहेको विद्यार्थीहरूको सिकाइका लागि योजना बनाउँछिन् । उनी ८० भन्दा बढी शिक्षक  कर्मचारीहरूको नेृतत्व सम्हालिरहेकी छन् । जाडो बिदा चलिरहँदा पनि उनी विद्यालयमै थिइन् । विद्यालयमा उनले स्र्पोट एरिया निर्माण गर्न लागेकी छन् । 

बालबालिकाको हेरचाह गर्न, पढाउन उनलाई एकदमै मन पर्छ । यही स्वभावले उनलाई शिक्षक बनायो । उनी ब्याचलर सेकेन्ड इयर पढ्दै थिइन् । रिजल्ट आउन आठ नौ महिना मात्रै थियो । ‘त्यो खाली समयमा स्कुलनजिकैको बोर्डिङ स्कुलमा पढाउन गएँ । त्यस दिन मलाई एकदमै पढाउन मजा लाग्यो,’ उनले भनिन् । त्यसपछि उनी २०६३ सालमा एमएड गर्न काठमाडौं आइन् । त्यसपछि पद्मोदय स्कुलमा एउटा शिक्षिकाका रूपमा पढाउन थालिन् । २०७५ सालमा उनले आफू पढ्दै विद्यालयमा विद्यार्थीलाई पढाउँदै पिएचडी गरिन् । विद्यालयमा जो सिनियर शिक्षक हुन्छ उही नै प्रिन्सिपल हुने नियम छ । उनी सिनियर हुँदाहुँदै पनि जुनियर शिक्षकले विद्यालयको नेतृत्व लिइरहेका थिए । उनी विभेद चिर्दै प्रधानाध्यापक भएको बताउँछिन् । उनले नेतृत्व लिन धेरै लडिन्, संघर्ष गरिन् । 

शिक्षिक बन्न उनले २०५२ सालमा शिक्षा सेवा आयोगमा परीक्षा दिएकी थिइन् तर २०६० सालमा मात्र रिजल्ट आएको थियो । ५३ सालबाट उनी अस्थायी रूपमा माध्यमिक तहमा आबद्ध भएकी थिइन् । २०६० सालदेखि उनी स्थायी रूपमा शिक्षिकाका रूपमा सेवा दिइरहेकी छन् । विद्यार्थीहरूलाई पढाउँदै र आफू पनि पढ्दै गर्दा उनले २०७५ सालमा उनले डा. को उपाधि प्राप्त गर्न सफल भइन । आफू पढ्दै, विद्यार्थीलाई पढाउँदै र घरव्यवहार सम्हाल्दै कर्तव्य पूरा गर्दै उनी सफल हुन सकेकी हुन् । 

सम्बन्धित खबर