काठमाडौं : नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा.शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटी नियुक्ती भएका छन् ।
आचार्य र शिवाकोटीलाई मन्त्रिपरिषद्को बैैठकले राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । आचार्य राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन भने शिवाकोटी पूर्व डेपुटी गभर्नर हुन् ।
राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि गत वैशाखमा सकिएको थियो । सो बेलादेखि रिक्त रहेको संचालकहरु अहिले नियुक्त गरेको हो ।
राष्ट्र बैंकको सञ्चालकको लागि चिन्तामणी सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies