२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चार मुक्तक

shivam cement
२०८१ कार्तिक २४ गते ०६:२०
Shares
चार मुक्तक

–गणेश लोहनी

१.
उटपट्याङ बहानामा भाषा खाए भेष खाए
जे जे खान मिल्छ सारा नराखेर शेष खाए
बाँदरको हातमा नरिवल पछुताएर के गर्नु
छद्मभेषी लुटेराले लाजै नमानि देश खाए ।।

२. 
छिनालियो कठै ! गर्दन रगत बगिरह्यो
मारखानेका अश्रु–धारा फगत बगिरह्यो
अहिंसाको बुद्ध–शिक्षा भालुलाई पुराण
रक्त–रञ्जित प्रवाहमा जगत बगिरह्यो ।।

३. 
पैतृक कमाइ खर्चन निमग्नहरूका कुरा नगर्नु
उनकै सिप र श्रमले सम्पन्नहरूका कुरा नगर्नु
नितान्त आफू र आफ्नाका स्वार्थपूर्तिमै मस्त
पितृलाई नसम्झने कृतघ्नहरूका कुरा नगर्नु ।।

४. 
साथमा रहेकी प्रेयसी बटारिँदा रुन्छ
केही हत्याउनलाई अरु हतारिँदा रुन्छ
सँधै आफ्नो मात्र हित चिताउँछ मान्छे
रमाउँछ ऊ माथि पुग्दा पछारिँदा रुन्छ ।।

सम्बन्धित खबर