२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘चलचित्र मानवीय समवेदनासँग जोडिएको एउटा पाटो हो’

ADV
मध्यान्ह
२०८१ असार १८ गते १९:१३
‘चलचित्र मानवीय समवेदनासँग जोडिएको एउटा पाटो हो’

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा आयोजित कार्यक्रममा काला, साहित्य र चलचित्र क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा त्रिवि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । 

कार्यपत्रमाथि आफ्नो धारण राख्दै वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र रहेको बताउँदै भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुको नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डबिङ गरेको जस्तो हुन पुगेको बताए ।

उनले साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा भएको बताउँदै अहिलेको अवस्थामा कला र साहित्यलाई हेर्ने दृष्टीकोण गलत रहेको बताए । उनले कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्ने भन्दै चलचित्र पनि मानवीय समवेदनासँग जोडिएको एउटा पाटो भएको बताए । उनले चलचित्रको मुटु भनेको पटकथा रहेको र पटकथा चलचित्रको साहित्यको मूल अंश रहेको बताए । नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको शुरुवात गरेकोमा भन्दै उनले अयोजकलाई बधाई दिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको बताए । ‘आगामी दिनमा पनि हामी यस्ता कार्यक्रम आयोजना गर्ने छौं,’ उनले भने, ‘चलचित्र आफैं साहित्य हो । चलचित्र प्रविधिसहतिको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधाहररु समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ । आफ्नो कथा आफैं भन्ने एउटा बलियो आधार बनेको छ चलचित्र, तर्सथ यसको कथा भन्ने शैली फरक छ ।’ 

कार्यक्रमा कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास उजागर गरेपनि चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रष्ट आउन नसकेको बताए । उनले भने, ‘सहित्यका साना–साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ । चलचित्रको व्यावसायिक पाटो एउटा हो, तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौती छ नेपाली बजारमा । पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।’
कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुंगानाले कार्यपत्रको विषय एकातिर कार्यपत्र अर्कोतर्फ गएको बताइन् । चलचित्रको मूल्यांकन प्राविधिक पक्षबाट मात्रै भएको बताउँदै उनले सैद्धान्तिक पक्षबाट यसको विश्लेषण नभएको बताइन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चलचित्र साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको बताए । उनले भने, ‘चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्य भन्दा दृश्य साहित्य अझ प्रभावकरी माध्यम हो भन्ने मलाई लाग्छ ।’

कार्यक्रमकको औचित्यमाथि प्रष्ट पार्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा यो किसिमको बहस शुरु गरिएको बताए । उनले भने, ‘चलचित्र पनि साहित्य हो । एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ । यसको प्रभावकारिता पनि समाज रुपान्तरणमा रहेको छ ।’

कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचित्र पत्रकार विजयरत्न तुलाधार, नायिका विमला केसीलगायतले आ–आफ्नो धारण राखेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise