
सरकारले नेपाल स्टार्टअप कोष बनाएर दीर्घकालीन रणनीति बनाउने, कर तथा आयकर छुटदेखि लगानीकर्तालाई प्रोत्साहित गर्ने नीतिगत सुधारको आवश्यक अझै बाँकी छ । युवापुस्तालाई स्टार्टअपको आकर्षण गर्न कृषि, सूचना प्रविधि, पर्यटन प्रवर्धन, स्वास्थ्य सेवा, शिक्षा क्षेत्रमा नयाँ सोचसहितको उद्यमशिलतको विकास गर्न आवश्यक छ ।
नेपालमा युवा पुस्तामा स्टार्टअपको सोच पछिल्लो एक दशकयता निरन्तर बढ्दो छ । वैदेशिक रोजगारीबाट नेपाल फर्केका युवा जनशक्तिमा नेपालमै केही गर्न सकिन्छ भन्ने सोचको विकास बढ्दो छ । नेपालजस्तो भौगोतिक बनावट भएको भूगोलमा ठुला व्यवसाय, उद्योगको विस्तारभन्दा स–साना उद्यमबाट आत्मनिर्भर बन्न सक्ने देखिन्छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकका लागि स्टार्टअप उद्यमको रोजगारी सिर्जनादेखि आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ । पछिल्लो समय युवापुस्तामा देखिएको सोच नवप्रवर्तन, प्रविधि र उद्यमशीलताले स्टार्टअपप्रति मोह देखिएको छ । युवा पुस्तामा देखिएको डिजिटल प्रविधिको मोहले अझ स्टार्टअपको प्रविधिको प्रयोग बढेको छ ।
युवा पुस्तामा १० टु ५ को काम गर्नेभन्दा सानो भएपछि केही स्टार्टअपको सोचको विकास भएको छ । चिया पसलदेखि आइटी सोलुसनसम्म, नयाँनयाँ क्षेत्रमा सम्भावनाकोे खोजी भइरहेको छ । परम्परागत कामभन्दा सहज रूपमा सानो लगानी गरेर भए पनि युवाहरू आत्मनिर्भरतर्फ केन्द्रित भएका छन् । स्टार्टअप सुरु गर्ने युवापुस्ता अहिले गरिरहेको आम्दानीबाट सन्तुष्टसमेत छन् ।
बढ्दो स्टार्टअप संस्कृति
अहिले सहर होस् वा गाउँ अहिले स्वदेशमै केही गरौं भन्ने सोचको विकास भएको छ । नेपालमा रोगजारी छैन भनेर विदेश गएर फर्केकाहरू अहिले सहरी क्षेत्रमा आइटीदेखि चिया पसललाई समेत व्यवसायका रूपमा विस्तार गरेका छन् । गाँउमा कृषि, पशुपक्षीपालन र पर्यटक प्रवर्धनका लागि साना होटल, होस स्टे, रिसोर्टजस्ता क्षेत्रमा लगानी गरेका छन् । जागिर, सरकारी सेवा वा स्थायी रोजगारीभन्दा युवा पुस्तामा छिटो लाभ लिन सक्ने व्यवसायमा आकर्षण बढिरहेको छ । युवामा धेरै समय काम गर्नेभन्दा दीर्घकालसम्म लाभ लिन सक्ने क्षेत्र खोजिरहेका छन् । तर स्टार्टअपको कतिपय असफताको कथासमेत जोडिएका छन् । स्टार्टअप सुरु गर्नु भनेको जोखिम मोल्न सक्नेसमेत हुनु हो । असफलताबाट नआत्तालिने र निरन्तर लाग्ने क्षेत्रसमेत स्टार्टअप हो । बढ्दो प्रविधिको प्रयोगले स्टार्टअपको अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ । कुनै नयाँ प्रोडक्ट बनाउन सकियो भने त्यसको माग विश्व बजारमा समेत हुन सक्छ । इन्टरनेट र बढ्दो सामाजिक सञ्जालको प्रयोगले अन्तर्राष्ट्रिय बजारमा पुग्ने माध्यम बनेको छ । नेपालको छिमेका भारत र चीन विशाल राष्ट्र र अर्थतन्त्रमा दोस्रो र तेस्रो अर्थतन्त्र भएको मुलुक छन् । त्यसको असर नेपालको अर्थतन्त्र परिरहेको अवस्था छ । तर दुई अर्थतन्त्रमा अगाडि रहेको मुलुकको बीचमा रहेको नेपालले नवीन सोचका साथ स्टार्टअपमा गर्ने हो भने त्यसको लाभ लिन समय लाग्नेछैन ।
स्टार्टअप नीति
स्टार्टअप क्षेत्रमा देखिएको आकर्षणले नेपाल सरकारले पनि राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० नै ल्याएको छ । नेपालमा नवप्रवर्तनकारी र सिर्जनशील सोच भएका उद्यमीहरूका लागि अनुकूल वातावरण निर्माण नीति कार्यान्वयनमा ल्याइएको हो । नीतिले स्टार्टअपलाई प्रोत्साहित गरी उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ । सूचना प्रविधिको बढ्दो प्रयोग र सिर्जनशील सोचका कारण व्यवसाय गर्ने शैलीमा परिवर्तनलाई स्टार्टअपको माध्यमबाट युवा पुस्तालाई समेटने प्रयास गरिएको हो । विश्वव्यापी रूपमा स्टार्टअप क्षेत्रमा भइरहेका प्रगतिले न नेपाली युवामा केही नयाँ गरांै भन्ने सोचको विकास बढ्दै गएपछि नीति नै ल्याएर काम भइरहेको छ । स्टार्टअप व्यवसायलाई सहज बनाउन कानुनी र नीतिगत स्पष्टता हुने र बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सहजता बनाउने हो भने नेपालमा स्टार्टअपबाट आर्थिक समृद्धिको बाटो बनाउने देखिन्छ ।
सरकार बनाउने स्टार्टअप नीतिले लगानीकर्तालाई प्रोत्साहन अझै गर्न सकेको छैन । स्टार्टअप क्षेत्रका काम गर्ने चाहना भएको युवा पुस्तालाई सहुलियतपूर्ण ऋणदेखि अनुदानको व्यवस्था गर्ने हो भने युवालाई नेपालमै काम गर्न सकिन्छ भन्ने सोच ल्याउन सकिन्छ ।
यस्तै, सरकारले नेपाल स्टार्टअप कोष बनाएर दीर्घकालीन रणनीति बनाउने, कर तथा आयकर छुटदेखि लगानीकर्तालाई प्रोत्साहित गर्ने नीतिगत सुधारको आवश्यक अझै बाँकी छ । युवापुस्तालाई स्टार्टअपको आकर्षण गर्न कृषि, सूचना प्रविधि, पर्यटन प्रवर्धन, स्वास्थ्य सेवा, शिक्षा क्षेत्रमा नयाँ सोचसहितको उद्यमशिलतको विकास गर्न आवश्यक छ ।
असरसँगै जोखिम
असरसँगै जोखिमको क्षेत्रसमेत हो, स्टार्टअप । सानो लगानीबाट सुरु गर्न सक्ने भएकाले ठुला लगानीकर्ताबाट यसको जोखिम हुने गरेको छ । स्टार्टअप सुरु गर्न पुँजी जुटाउन नै युवापुस्तामा अभाव हुन्छ । पर्याप्त आर्थिक स्रोत नहँुदा काम गर्न नै सहज हुँुदैन । भिजन भए पनि आर्थिक स्रोतको अभावमा कति स्टार्टअप आइडियाको सुुरु नै हुने गरेका छैन । आफूले रोजेको व्यवयाय सफल नै हुन्छ भन्ने केही ग्यारेन्टी हँुदैन । बजारको आवश्यकता र प्राथमिकता बुझ्न नसक्ने हो भने स्टार्टअपको असफल हुन सक्छन् । तर नेपाल उद्यम क्षेत्रमा सुरुवात भइरहको अवस्थामा आगामी दिन सुनौलो बन्ने देखिन्छ । स्टार्टअपको नेपालमा जोखिमभन्दा पनि असर धेरै रहेको छ । नेपाल लगानीका लागि भर्जिन ल्यान्डका रूपमा रहेकाले समेत हरेक क्षेत्रमा असवरको सम्भावनासमेत उत्तिकै छ । पछिल्लो समय उद्योग, होटल, रेस्टुरेन्ट कृषि क्षेत्रमा युवापुस्ताको आकर्षण बढेको छ । अहिले जसरी स्टार्टअपको आकर्षण बढेको छ । त्यसलाई व्यवस्थित बैलैमा गर्न नीतिगत रूपमै सरकारले ध्यान दिनु आवश्यक छ । स्टार्टअपको कुन क्षेत्रमा कति आवश्यक छ । त्यसलाई व्यवस्थित र लगानी सुरक्षित गर्न पनि राज्यले भूमिका निर्वाह महत्वपूर्ण छ ।