काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई नियुक्ति लिने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अर्घाखाँचीको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखराका तत्कालीन निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनले भारतको गोरखपुर विश्वविद्यालयको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई ल्याएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेश गरेको देखिएको अख्तियारको दाबी छ । उनलाई कानून बमोजिम कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies