काठमाडौं : श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेटका लागि नेपाल समूहमा २ वटा टेस्ट नेशन टिम परेको छ ।
नेपालको समूहमा टेस्ट नेशनबाट श्रीलंका र वंगलादेश परेका छन् भने वेस्टर्न रिजनबाट छनोट भएको यूएई पनि रहेको छ ।
नेपालले इस्टर्न रिजन च्याम्प्यिनसिप जित्दै श्रीलंकामा सेप्टम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामो पहिलो खेलमा नेपलले श्रीलंकासँग खेल्ने छ ।
यसैगरी नेपालले दोस्रो खेलमा सेप्टेम्बर ८ मा बंगलादेश र १० तारिखमा युएईसँग खेल्ने भएको छ । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले यू १९ एसिया कपका लागि तयारी शुरु गरिसकेको छ । एसीसीबाट ढिला स्वीकृति आउन ढिला भएपछि १२ अगष्टदेखि मात्रै औपचारिक प्रशिक्षण शुरु गरेको थियो ।
प्रतियोगिता शुरुहुनु १० दिन अघि नै श्रीलंका जाने नेपाली टिमले त्यही केही अभ्यास खेल पनि खेल्ने तयारी गरेको छ । त्यसका लागि एसीसीले समन्वय गरिरहेको नेपाली टिमका प्रशिक्षक विनोद दासले बताएका थिए ।
दासले नेपालले पाकिस्तान र अफगानिस्तानसँग श्रीलंकामा अभ्यास खेलका लागि आग्रह गरे पनि त्यसबारे कुनै जवाफ नआएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies